पाँच दलीय गठबन्धनबाट विराटनगरको मेयरमा नागेश कोइराला

पाँच दलीय गठबन्धनबाट विराटनगरको मेयरमा नागेश कोइराला

 राष्ट्रिय डेली

विराटनगर / नेपाली कांग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । कोइराला पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार भएका हुन् । गठबन्धनअनुसार उपमेयरमा जसपाले उम्मेदवार बनाउनेछ ।
तरुण दल हुँदै पार्टीको राजनीतिमा लागेका कोइराला यसअघिको निर्वाचनमा पनि मेयरको आकांक्षी थिए । कोइराला नेपाल तरुण दल मोरङका सभापति, नेपाली कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै हाल उपसभापतिको जिम्मेवारीमा छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोइरालासहित महानगर सभापति दीपक चापागाईं, इन्दिरा कार्की, अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुलीको नाम सिफारिस गरेको थियो । टिकट वितरणका क्रममा कोइराला र हालका मेयर पराजुलीमध्ये कसलाई दिने भनेर शीर्ष नेतृत्वमा विवादसमेत भएको थियो । तर, हालका मेयर पराजुलीले जनआकांक्षा र पार्टीको घोषणापत्रअनुसार काम गर्न नसकेका कारण टिकट दिन नहुने पक्षमा शीर्ष नेता नै सहमत भएका थिए । पराजुलीले अवसर पाएर पनि कांग्रेसको शिर ठाडो पार्ने गरी काम गर्न नसकेको भनेर छलफलमै कुरा उठेपछि कृष्ण सिटौलाबाहेक कसैले पनि उनलाई टिकट दिनुपर्छ भनेर आवाज नउठाएको स्रोतको भनाइ छ । त्यसपछि कोइराला र केन्द्रीय सदस्य अर्यालमध्ये कसलाई टिकट दिने भन्ने विषयमा पनि छलफल भएको थियो । अर्याल २०५४ कै निर्वाचनमा पराजित भएको र धेरै लामो समयपछि फेरि सोही पदमा उठ्दा जनताले नपत्याउने भन्दै कोइरालालाई नै टिकट दिन शीर्ष नेताहरु सहमत भएको स्रोतले बतायो । आगामी निर्वाचनमा क्षेत्र नम्बर ५ वा अन्य कुनै क्षेत्रमा सांसद बनाउने गरी अर्याललाई मनाइएको बताइएको छ । पार्टीका विभिन्न पदमा बसेर काम गरेको र समाजसेवामा पनि उत्तिकै सक्रिय भएका कारण नागेशलाई टिकट दिँदा जनतामा पनि उत्साह थपिने भन्दै अधिकांश शीर्ष नेताले नागेशको पक्षमा कुरा गरेका थिए ।
काठमाडौंमा रहेका कोइरालाले भने, “तपाईंहरु सबैको शुभेच्छाले मैले टिकट पाएँ । अब राजनीतिमार्फत जनताको सेवा कसरी गर्नुपर्छ भन्ने कुरा म देखाउनेछु । अहिले धेरै बोल्दिन ।”

 

adv-single
सम्बन्धित समाचार

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा...

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...