नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले इटहरी आएर विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।
इटहरीमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेलाई जिताएको अवस्थामा आफूले इटहरी बनाउने जिम्मा लिएको बताएका हुन् ।
‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, उहाँहरू मेरो प्रतिनिधि हो, त्यसको जिम्मा म लिन्छु, इटहरीको विकासको जिम्मा म लिन्छु ।’
बजेटको अभाव हुँदैन, आगामी निर्वाचनमा कस्को सरकार भन्छ भन्ने कुरा मैले भन्नैपर्दैन ।
इटहरी पूर्वाञ्चलको केन्द्रविन्दु रहेको उदृत गर्दै ओलीले भने, ‘इटहरीलाई जताबाट आउनेले पनि आहा इटहरी भन्न सकुन् ।’
उनले नेकपा एमालेले जितेको अवस्थामा इटहरीको चौतर्फी विकास हुने बताए ।
‘यहाँ छाप्रा देख्न नपरोस्, भत्किएका बाटा देख्न नपरोस्, थोत्रा भएका छाना, भित्ता भएका स्कुल देख्न नपरोस्,’ ओलीले भने, ‘राम्रा अस्पताल देख्न परोस्, राम्रा विद्यालय देख्न परोस्, राम्रा कार्यालयहरू देख्न परोस्, त्यस ढंगले यो नगरको विकास होस् ।’
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी चुनावी मैदानमा छन् ।
Post Views: 8