विराटनगर । आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Post Views: 3