विराटनगर, २७ साउन । विराटनगरको बरगाछी चोकमा आज साँझ ७ः३० बजे सडक दुर्घटना हुँदा दुइ जना गम्भिर घाइते भएका छन् । उत्तर बाट दक्षिण तर्फ आइरहेको बा १४ च ७२५९ नम्बरको कार र उत्तरबाटै आइरहेको को २६ प ७४६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका हुन् ।
सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक कुन्दन कुमार सिंह र अर्का नाम नखुलेका ब्याक्ति भने फरार भएका छन् ।
दुर्घटनाबाट मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ बस्ने मोटरसाईकल चालक ३० बर्षीय अनिष दाहाल र पछाडी सवार सोहि स्थानका ३० वर्षीय सुमन बजगाँई रहेका छन् । घाइते दुवै जनाको न्यूरो हस्पिटल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Post Views: 5