मोरङको रंगेलीमा बसेर साहित्य सिर्जना गरिरहेका मोतीराम ढुङ्गाना साहित्य क्षेत्रमा एक उदाउँदो नाम हो । विशेषगरी कविता लेखनमा सक्रिय ढुङ्गाना विभिन्न सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएका छन् ।
शिक्षण पेसामा आवद्ध रहेका उनी २०७३ सालदेखि नेपाल स्काउटमामा आवद्ध छन् । नेपाल स्काउट स्थानीय स्काउट तदर्थ समिति रंगेली नगरपालिका संयोजक रहेको उनी महेन्द्र आधारभूत बिद्यालय रंगेली –२ मोरङमा शिक्षण गर्दै आएका छन् ।
हाल सम्म कुनै कृति प्रकाशन नभएपनिउनी निकट भविष्यमा कविता संग्रह प्रकाशन गर्ने योजना छन् । उनै ढुङ्गानाका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।
…………………..
राजनीति वृद्ध भईसकेको छ
यो देशको राजनिती
कान चिरेको जोगी झै
वा आईसोलेसनको रोगी झै छ
यो देशको हालात
लिस्नो बिनाको टाढे घर झै
पिपल बिनाको बुढो बर झै
अधकल्चो काचो भात झै
किराले खाएको चेप्टे दात झै छ
यो देशको राजनीति
चार थाल घिचे पछीको भोक छै
बत्ती बिनाको अध्यारो चोक झै
हिलो मै मदमस्त सुगुर झै
घर न घाटको कुकुर झै
सुक्न लागेको पानीको मूल झै
दुलै दुलो परेको मच्छरदानी झूल झै छ
यो देशको हालात
मालिक बिनाको नोकर झै
दर्शक बिनाको जोकर झै
कपाल खुइलिएको तालु झै
बोक्रा कुहिएको आलु झै छ
यो देशको राजनीति
बदर भएको भोट झै
टुक्रा टुक्रा च्यातिएको नोट झै
चाउरी परेको गाला झै
फोहर ढलले भरेको नाला झै
डढेलो लागेको बन झै
कमाउन नसकेको धन झै छ ।
राजनीति नै अपांग भएपछि
खै कसरी देशले समृद्धिको यात्रा गर्ला ?
खै कसरी देशले बिकासको काचुली फेर्ला ?
अब त देशले बिकल्प खोजिरहेको छ
उठौ जागौ युवाहरू आऊ
राजनीति वृद्ध भईसकेको छ
………….
मलाई सरका चाहिँदैन
मलाई शान्ती चाहिन्छ
अमनचयन चाहिन्छ
कानुनले सिकाउन पर्दैन
मलाई स्वतन्त्र बाच्न
मात्र मलाई स्वतन्त्रता चाहिन्छ
मलाई सरकार चाहिदैन
मलाई मेरो देश भए पुग्छ
………..
यो मेरो देश हो
जहाँ सडकमा अनसन चल्छ
जहाँ सदनमा भनाभन चल्छ
जहाँ कानुनले सरकार चलाउछन
र जनताहरु थपडी बझाउछन
हो यो मेरो देश हो ।
जहा पहाड जहिलै पहिरोले त्रसित छ
जहाँ तराई सधै बाढी र डुबानले ग्रसित छ
जहाँ कोशी गण्डकी कर्णालीमा बिदेशले हात हाल्छ
जहाँ युवा जनशक्ति प्राय खाडी तिर हामफाल्छ
जहाँ गणतन्त्रले कानुन पालेको छ
जहाँ सम्बिधानले सत्ता समालेको छ
हो यो मेरो देश हो
निर्यात भन्दा आयात बलिष्ट छ जहा
एक बोली मात्रै पनि विशिष्ट छ जहा
उसैको मूर्ति बनाएर पुजा गर्छ निरपेक्ष देश
उसैको कुर्सी बनाएर झगडा गर्छ देश
सन्तप्त र ब्याकुल छ मानसिकता हरेकको जहाँ
हो यो मेरो देश हो
चन्द्र सुर्य अंकित झण्डाको रङ फिका हुदैछ
संशोधन र संयोजनमा देश टाढा हुदैछ
बुद्ध क्लेद छन जहाँ शान्ति खोज्न
सगरमाथा श्वेत छ जहाँ अन्धकार भोग्न
स्कुले बालक घोकीरहन्छन देशको क्षेत्रफल
देश खुम्चदै खुम्चदै गएको पत्तै पाईदैन जहाँ
हो यो मेरो देश हो
बिबिधतामा एकता अनौठो भएपछी
सँस्कृति र सभ्यता असभ्य हुँदै गएपछी
मेरो देश प्रजातन्त्र लोकतन्त्र गणतन्त्र मनाउछ
मेरो देश पाच तारे होटलमा अघाउछ
मेरो देश महङ्गाई बढाउछ कर बढाउछ
तर उत्पादन बढाउदैन रोजगारी बढाउदैन
सरकारहरु घरघरमा चन्दा उठाउछन जहाँ
जनताहरु पसिना बेचेर कर्तब्य निभाउछन जहाँ
हो यो मेरो देश हो
अब भन यो देश राम्रो कि नराम्रो ?
अब भन यो देश हाम्रो कि अरुको ?
Post Views: 271