काठमाण्डौं । अफगानिस्तानमा तालिबान सरकारले महिला मामिला मन्त्रालय खारेज गरेको छ । त्यसको सट्टामा तालिबानले धार्मिक सिद्धान्त लागू गराउने मन्त्रालय राखेको बीबीसीले जनाएको छ ।
शुक्रबार महिला मामिला मन्त्रालयको बोर्ड हटाएर सद्गुण प्रचार तथा दुर्गुण रोकथाम मन्त्रालय राखिएको हो । सामाजिक सञ्जालमा मन्त्रालयका महिला कर्मचारीले कार्यालयबाहिर काम गर्न पाउनुपर्ने माग गर्दै गरेको भिडिओ सार्वजनिक भएका छन् ।
सन् १९९० तिर तालिबानले यो मन्त्रालयमार्फत महिलाहरूमाथि इस्लामिक नियम र कडा प्रतिबन्धहरू लागू गरेको थियो । पछिल्लो २० वर्षयता अफगानी महिलाहरूले आधारभूत अधिकारको लागि लड्दै आएका थिए । तर अब तालिबान आएपछि महिलाहरू आफ्नो अधिकार गुमाउने डरमा छन् । तालिबानले हालै बनाएको सरकारमा पनि सबै मन्त्रीहरू पुरूष छन् । एजेन्सी
Post Views: 42