साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ दुई दर्जन संस्थाबाट सम्मानित

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ दुई दर्जन संस्थाबाट सम्मानित

 राष्ट्रिय डेली

विराटनगर । अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लाई विराटनगरमा विशेष सम्मान समर्पण गरिएको छ ।

विराटनगरस्थित गुरुकुलमा आयोजित कार्यक्रममा प्रदेश–१ का विभिन्न दुई दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संस्थाले साहित्यकार श्रेष्ठलाई विशेष सम्मान गरेको हो ।

नेपाली साहित्यमा पुर्याएको योगदानको कदर गर्दै प्रतिभा पुरस्कार प्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, चेतना संरक्षण प्रतिष्ठान, विराट साहित्य संगम, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, नेपाली लेखक संघ, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, हाँस्य–व्यङ्ग्य साहित्य समाज मोरङ, अम्बे–मुरारी सेवा केन्द्र, खोटाङ सेवा साहित्य मञ्च, झोराहाट नाट्य समूह, बेलबारी विकास समाज, विराट आदर्श साहित्य मञ्चले सम्मान गरेका हुन् ।

त्यस्तै साहित्यकला संस्कृति प्रतिष्ठान धरान, कालकुट साहित्य संघ धरान, नेपाल गजल प्रतिष्ठान, डियर कल्याण साहित्य समाज, सप्तरंगी साहित्य समाज, सिर्जनामा इनरुवा, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ लगायत २४ भन्दा बढी संस्थाले श्रेष्ठलाई संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

साहित्यकार श्रेष्ठलाई वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ रमेश श्रेष्ठ, अग्रज साहित्यकार बलराम पोखरेल, साहित्यकार मधु पोखरेल, ममता मृदुललगायतले दोसल्ला ओढाएर विशेष सम्मानपत्र समर्पण गरेका थिए ।

प्रदेश–१ को साहित्यिक तथा सांस्कृतिक सञ्जालको आयोजनामा भएको कार्यक्रममा नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारी, लघुकथाकार सुमन सौरभ, अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ रमेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा प्रदेश–१ का लघुकथा समेटिएको कञ्चनजङ्घा लघुकथासङ्ग्रहको विमोचन गरिएको थियो । विमोचित लघुकथासङ्ग्रहका बारेमा साहित्यकार दीपक लोहनीले समीक्षा गरेका थिए ।

चार दशकभन्दा लामो समयदेखि नेपाली साहित्यका कविता, कथा, निबन्धलगायतका विधामा कलम चलाउँदै आएका श्रेष्ठ वरिष्ठ पत्रकारसमेत हुन् । गोरखापत्रमा समेत प्रधानसम्पादकका रुपमा जिम्मेवारी बहन गरेका श्रेष्ठ लघुकथा समाजका केन्द्रीय अध्यक्ष हुन् । श्रेष्ठका विभिन्न विधाका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

adv-single
सम्बन्धित समाचार

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

  विराटनगर । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया...

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको...

सुनको मूल्य घट्यो

काठमाडौँ ।स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका...

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...