मारुती सिमेन्टद्वारा एम्बुलेन्स प्रदान

मारुती सिमेन्टद्वारा एम्बुलेन्स प्रदान

 राष्ट्रिय डेली

विराटनगर ÷ मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।

ककुरठाकुरलगायत आसपासका स्थानीयलाई स्वास्थ्यमा पहुँच पु¥याउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकारसमेत रहेका प्रालिका सञ्चालक राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका सञ्चालक राउतले स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । मेयरको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका सञ्चालक राउतले बताए ।

एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भए पनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेकोमा धन्यवाद दिए । सिमेण्टका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिरहेको छ ।मारुती सिमेन्टका लागि प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरिरहेको छ ।त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रालिले विभिन्न सहयोगहरु गरिरहेको छ । वडाध्यक्ष थापा मगरले प्रालिले पूर्वाधार विकास, विद्युतलगायत तटबाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिनेसमेत गरिरहेको जानकारी दिए । हाल ३० जना स्थानीयले गाउँमै प्रालिमा रोजगारी पाइरहेको पनि वडाध्यक्ष मगरले बताए ।

एम्बुलेन्सका लागि आवश्यक ईसिजी मोनिटर र अक्सिजन सिलिण्डरलगायतका एक लाख बढीको सहयोग प्रालिले पुनः थप गर्ने प्रालिका सञ्चालक राउतले प्रतिबद्धता जनाए । नेपाल सरकारबाट राजस्व छुटमा ल्याइएको एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा १४ का अलावा आसपासका स्थानीयले सेवा लिन पाउने भएका छन् ।

adv-single
सम्बन्धित समाचार

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...

यसकारण छ खास बेलका-४ को विकास [अन्तर्वार्ता]

नेपाल संघीयता अभ्यासको दोस्रो चरणमा छ । विगतमा सामान्य प्रशासनिक कामकाजका लागि पनि जिल्ला सदरमुकाम वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यात्मक कठिनाइ झेलेका नागरिकले देशमा अधिकार सम्पन्न स्थानीय सरकार स्थापनापछि घरपायक वडा वा पालिकाको कार्यालयबाट सेवा...

भानु कलेजले गर्‍यो कक्षा १२ को परीक्षामा सम्मिलित विद्यार्थीहरूको बिदाइ

विराटनगर । विराटनगरको मेनरोडस्थित भानु +२ कलेजले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सम्मिलित विद्यार्थीहरूलाई बिदाइ गरेको छ । कलेजले बुधबार विराटनगरस्थित महेन्द्र होटल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी कक्षा १२ को वार्षिक...

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...