सनातन पहिचानसहितको हिन्दूराष्ट्र निर्माणमा जोड

सनातन पहिचानसहितको हिन्दूराष्ट्र निर्माणमा जोड

 राष्ट्रिय डेली

 

विराटनगर ÷ नेपालमा सनातन पहिचानसहितको हिन्दूराष्ट्र निर्माणमा देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
राष्ट्र शक्ति नेपाल जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले दलीय स्वार्थका कारण नेपालको पहिचानका रुपमा रहेको सनातन हिन्दूराष्ट्र र राजतन्त्रको अन्त्य भएको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका राष्ट्रिय युवा शक्ति नेपालका संगठन विभाग प्रमुख विराज विष्टले संघीयता विखण्डनको बिउ भएकाले खारेजीको मुद्दालाई पनि अघि सारेको प्रस्ट्याए । उनले सनातन पहिचानसहितको हिन्दूराष्ट्रको मुद्दालाई राष्ट्र शक्ति नेपालले सशक्त रुपमा उठाएको जानकारी दिए । “संघीयता विखण्डनको बिउ हो, यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो,” उनले थपे, “त्यसबाहेक हिन्दूराष्ट्रसहितको राजतन्त्र हुनुपर्छ । अहिलेको व्यवस्थाले मुलुक कमजोर भएको छ । यो व्यवस्थाले आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्र तहसनहस भएको छ ।” पूर्वमन्त्री विष्टले अहिलेको संविधान खारेज गरेर मुलुकमा २०४७ सालको संविधान लागू गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्र र राष्ट्रियता नेपाली नागरिकले बोक्न आवश्यक रहेको बताए । “दलहरूले विगत ७० वर्षदेखि जनतालाई पछाडि हिंडाउने काम मात्रै गरे,” विष्टले भने, “अब पनि दलहरूको झोले भएर हिंड्यौ भने हामीलाई भावीपुस्ताले माफी दिने छैनन् ।”

 

कार्यक्रममा राष्ट्र शक्ति नेपालका केन्द्रीय अभियन्ता मोहित चौधरी, रामप्रसाद गिरी, प्रदेश–१ का संयोजक दीपबहादुर खापुङ, मोरङ अध्यक्ष केशवप्रसाद रिजाललगायतले २०४७ सालको संविधान फर्काएमा मुलुकका धेरै समस्या समाधान हुने जिकिर गरे । उनीहरूले अहिलेको संविधानलाई आत्मसाथ गरेर अगाडि बढ्न नसक्ने बताए । संघीयतालाई मुलुकले थाम्न नसक्ने अवस्था देखिएको उनीहरूको भनाइ थियो । राष्ट्र शक्तिले देशका ७३ जिल्ला र देशबाहिर १० वटा मुलुकमा संगठन विस्तार गरिसकेको मोरङ अध्यक्ष रिजालले जानकारी दिए । पूर्वमन्त्री, सचिव, प्रहरीसहित समाजका विभिन्न क्षेत्रका उच्च पदस्थ ४ सयभन्दा बढी केन्द्रीय अभियन्ताहरू राष्ट्र शक्ति नेपालमा आबद्ध रहेको उनको भनाइ थियो ।

adv-single
सम्बन्धित समाचार

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...