एसविएससि सिङ्गिङ स्टारको उपाधि निश्हितलाई

 एसविएससि सिङ्गिङ स्टारको उपाधि निश्हितलाई

 राष्ट्रिय डेली

 

विराटनगर । मोरङको पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्माले पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भएका थिए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीको पार्लेन्स सेण्डरी स्कुलका प्रशुनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित गरिएको थियो हो । प्रतियोगिताको सेकेण्ड रनरअप पथरीस्थित एभरेष्ट स्कुलकी रोषनी गुरूङ्ग घोषित भइन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्तवनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा गायक साजन राई रहेका थिए । ‘आवज तपाईको, गौरव राष्ट्रको, देन नीजी विद्यालयको’ भन्ने मुल नाराको साथ प्रत्येक वर्ष एसबीएससी सिङ्गिङ स्टार हुँदै आएको छ । प्रतियोगितामा बिजेता हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा जिल्लाभरीबाट विभिन्न चरणको अडिसनबाट छनौट भएका विद्यार्थीहरु फाइनलमा पुगेका थिए । गत साउनदेखि अडिसन राउण्ड सुरु भएको थियो । झण्डै तीन सय विद्यार्थीहरुबाट विभिन्न चरणको अडिसन राउण्डबाट छनौट भएर फाइनलमा १४ जना पुगेका थिए । अडिसन राउण्ड विराटनगर, रंगेली, उर्लाबारी र विराटचोकमा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए । आगमी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्ता दिनुपर्ने उनले बताए ।

त्यसैगरी संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरु अलौकिक प्रतिभालाइ बाहिर ल्याउन यस्ता खाले कार्यक्रम गर्दै आइरहेको बताएका छन् ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम पुरी, अभिभाव संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, , पूर्व अध्यक्ष इन्द्र राई लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

adv-single
सम्बन्धित समाचार

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

  विराटनगर । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया...

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको...

सुनको मूल्य घट्यो

काठमाडौँ ।स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका...

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...