विराटनगरमा छात्राहरूमाथि दुर्व्यवहार गर्ने होस्टेल सञ्चालिका पक्राउ

विराटनगरमा छात्राहरूमाथि दुर्व्यवहार गर्ने होस्टेल सञ्चालिका पक्राउ

 राष्ट्रिय डेली

विराटनगर । नर्सिङ अध्ययनरत छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी पक्राउ परेकी छन् ।

पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले राष्ट्रिय डेलीलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेकी रेग्मीमाथि अभद्र व्यवहारको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

सो होस्टेलमा बसेर विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस, बीएससी नर्सिङ प्रथम वर्षमा अध्ययनरत छात्राहरूमाथि मंगलबार राति होस्टल सञ्चालिका रेग्मीले छात्राहरू बसेको कोठामा पुगेर अभद्र व्यवहार गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा देखिएअनुसार होस्टल सञ्चालिका रेग्मीले सो कोठामा बसेका तीन जना छात्राहरूसँग चैत महिनाको होस्टेल शुल्क ३/३ हजार रूपैयाँका दरले अग्रिम रूपमा बुझाउन भनेकी छन् ।

तर, छात्राहरूले आफूहरू चाँडै नै क्याम्पसकै होस्टेलमा स्थानान्तरण हुने र बसुञ्जेलसम्मको मात्र शुल्क बुझाउने भनेपछि होस्टेल सञ्चालिका रेग्मीले गालीगलौजसहित राति नै होस्टेलबाट निस्कन भन्दै कोठाका सामान छरपष्ट पारेकी थिइन् । पीडित छात्राहरूले फागुनसम्मको शुल्क अगाडि नै बुझाइसकेको बताएका छन् । यस्तै होस्टेल सञ्चालिका रेग्मीले आफूहरूलाई हातपात गरेको समेत उनीहरूले बताएका छन् ।

यसअघि स्वतन्त्र विद्यार्थी युनियन, विराटनगर नर्सिङ क्याम्पस इकाइ समितिले पनि विज्ञप्ति जारी गर्दै होस्टेल सञ्चालिका रेग्मीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो ।

यता, विराटनगर नर्सिङ क्याम्पसकी प्रमुख मेनुका भण्डारीले घटनाको भर्त्सना गर्दै पीडकलाई कारबाही हुनुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय, मोरङ परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले क्याम्पसमा देशका विभिन्न जिल्लाहरूबाट अध्ययन गर्नका लागि आउने विद्यार्थीहरूको ठूलो चाप रहेको र हाल सबै विद्यार्थी राख्न होस्टेलको क्षमता कम भएकाले त्यसको व्यवस्थापनमा आफूहरू लागिरहेको बताइन् ।

 

adv-single
सम्बन्धित समाचार

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...