विराटनगर, १६ फागुन । बिराटनगर महानगरपालिका १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाउने ३ जना पक्राउ परेका छन् ।
उनिहरुले कामतलाई बन्धक बनाएर परिवारसँग १० लाख फिरौति रकम माग गरेका थिए । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका २० का २० बर्षीय रोहित मण्डल, बिराटनगर १६ का अजय यादव र बिराटनगर ६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् ।
उनिहरूले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसँग १० लाख रकम माग गरेको सुचना प्रहरीले पाएको थियो । उक्त आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर ६ बाट सकुशल उद्धार गरेको थियो ।
पक्राउ परेका बिरुद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Post Views: 6