एकादेशको कथा बन्यो पुल निर्माण

एकादेशको कथा बन्यो पुल निर्माण

 राष्ट्रिय डेली

विराटनगर, १९ फागुन । मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिका जोड्ने सिंघिया खोलाको पुल लामो समय देखि अलपत्र बनेको छ ।

पुल निर्माण गर्न थालेको लगभग दुई दशक पुगिसकेको छ । तर ठेकेदारको लापरवाहीका कारण पुलले पुर्णता नपाउँदा स्थानियले दुःख भोग्न बाध्य छन् । खोला वारीपारीका स्थानियलाई सवारी साधनमा आवतजावत गर्न झनै समस्या भएको छ ।

पुल निर्माण नभएका कारण सवारीसाधनबाट आवतजावत गर्न २० किलोमिटरको घुमाउरो बाटो हिड्न बाध्य भएको स्थानियको गुनासो छ । झण्डै दुई दशक अगाडी विजय कुमार गच्छदारले पुलको सिलान्यास गरेका थिए । तर लामो समयमा पुलको तीन ओटा पिल्लर मात्रै उठाएर अलपत्र छाडेर ठेकेदार बेखबर भएको स्थानियको भनाई छ ।

पिलर उठाएको लामो समयसम्म पुल निर्माण हुन नसकेपछि मानिस आवतजावत गर्न पिलरसँगै जोडेर फलामको पुल निर्माण भएको छ । निर्माण शुरु गरिएको पुललाई स्थगित गरेर त्यसकै छेउमा अर्काे पुल निर्माणको प्रक्रिया शुरु भएको स्थानियको भनाई छ । तर त्यो पनि कहिले बन्ला भन्ने यकिन छैन् ।

हिउँदको समयमा जसोतसो आवतजावत गरेपनि बर्खाको समयमा समस्या हुने स्थानिय दिलिप कर्णले बताए । पुल बनेको खण्डमा बुढीगंगा र ग्रामथानका स्थानियलाई धेरै सहज हुने उनको भनाई छ । हिउँदको समयमा जसोतसो आवतजावत भएपनि बर्खायाममा लामो बाटो घुम्न बाध्य हुनुपर्ने कर्णले बताए ।

उनले भने, ‘बर्खाको समयमा विद्यार्थीलाई थप समस्या हुनेगरेको छ ।’ बर्खामा आवतजावत नै ठप्प हुने उनको भनाई छ । सरकारी पक्षकै लापरवाहीका कारण पुल अलपत्र भएको उनले बताए ।

सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नभएपछि निक्कै समस्या भोग्न बाध्य भएको अर्का स्थानिय पवन कुमार कलवारले बताए । बर्खाको समयमा फलामे पुल समेत ढुब्ने गरेको उनको भनाई छ । पुल निर्माण भएको खण्डमा २० मिनेटमा पुग्ने स्थानमा पनि पुल नबन्दा एक घण्टा भन्दा बढी लाग्ने गरेको उनको भनाई छ ।

adv-single
सम्बन्धित समाचार

पक्राउ परे कान्तिपुरका अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...

वाईआरसीसीले जित्यो तेस्रो मिल्स कप क्रिकेटको उपाधि

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २ सय रनको फराकिलो अन्तरले पराजित...

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

  विराटनगर । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया...

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको...

सुनको मूल्य घट्यो

काठमाडौँ ।स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका...

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...