उच्च अदालतमा १८ न्यायाधीश सिफारिस, सिद्धबाबालाई सफाइ दिने न्यायाधीश पनि सिफारिसमा परे

उच्च अदालतमा १८ न्यायाधीश सिफारिस, सिद्धबाबालाई सफाइ दिने न्यायाधीश पनि सिफारिसमा परे

 राष्ट्रिय डेली

काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकले उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस गरेको छ । न्याय सेवा विशिष्ट श्रेणीबाट नायव महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल र कानून मन्त्रालयका ऋषि राजभण्डारीको नाम सिफारिस भएको छ ।

जिल्ला न्यायाधीशहरुबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेलको नाम सिफारिस भएको छ ।

न्याय सेवा राप प्रथम श्रेणीबाट रामेश्वर रेग्मी, ममता खनाललाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ । अर्जुनप्रसाद कोइराला विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाई दिने न्यायाधीश हुन् ।

अधिवक्ताबाट रसुवाका फुर्वा तामाङ, सिराहाकी श्रीधरा कुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनम सिंह चन्द, काभ्रेका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम सिफारिस भएको परिषदले जनाएको छ ।

adv-single
सम्बन्धित समाचार

पक्राउ परे कान्तिपुरका अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...

वाईआरसीसीले जित्यो तेस्रो मिल्स कप क्रिकेटको उपाधि

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २ सय रनको फराकिलो अन्तरले पराजित...

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

  विराटनगर । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया...

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको...

सुनको मूल्य घट्यो

काठमाडौँ ।स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका...

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...