बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

 राष्ट्रिय डेली

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला भने बढिरहेको छ । व्यक्तिगत प्रयोजनमा समेत जनप्रतिनिधिहरूले सरकारी गाडी प्रयोग गरिरहेका छन् ।

कतिपय अवस्थामा जिल्ला प्रशासनको अनुमति लिएर सरकारी गाडी प्रयोग गर्ने अधिकार जनप्रतिनिधिलाई हुन्छ नै । तर, जनतासँग कुनै सरोकार नै नराख्ने सामान्यभन्दा सामान्य नितान्त व्यक्तिगत काममा समेत जनप्रतिनिधिहरू सरकारी गाडीको दुरूपयोग गरिरहेका छन् ।

यसैबीच मोरङको बूढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले सरकारी गाडी दुरूपयोग गरेको पाइएको छ । बुधबार रामनवमी पर्व मनाइरहिएको छ । सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ । तर, उपाध्यक्ष गच्छदारले सार्वजनिक बिदाकै दिन सरकारी गाडी दुरूपायोग गरेको पाइएको हो । उनले प्रयोग गर्ने गरेको सरकारी बोलेरो दुरूपयोग भएको हो ।

एक स्थानीयका अनुसार बुधबार उनी उक्त बोलेरो लिएर पूर्व गाउँपालिका अध्यक्ष बालचन्द्र माझीको बूढीगंगा-२ स्थित घरमा गृह प्रवेशका अवसरमा आयोजित पूजामा सहभागी भएकी छन् । यस्तै त्यसपछि सोही गाडी लिएर उनी बूढीगंगा-३ मा रामनवमीका अवसरमा आयोजित र्‍यालीमा सहभागी भएकी छन् ।

यसबारे बुझ्न हामीले उनलाई फोन सम्पर्क गरेका थियौं । त्यसबखत उनी रामनवमीका अवसरमा आयोजित र्‍यालीमा सहभागी रहेको उनीतिरबाट आएको भीडको आवाजले संकेत गर्थ्यो । उनले आफू कार्यक्रममा रहेको भन्दै केही बेरपछि सम्पर्क गर्न भनिन् ।

यसलाई थप पुष्टि गर्न हामी जिल्ला प्रशासन कार्यालय, मोरङमा पनि सम्पर्क गर्‍यौं । हामीले सहायक प्रमुख जिल्ला अधिकारी एवं कार्यालयका सूचना अधिकारी प्रदीप साहलाई सम्पर्क गरेका थियौं । तर, उनले आफू सोमबार साँझ कार्यालय छाडेर मंगलबारदेखि नै बिदामा रहेकाले उपाध्यक्ष गच्छदारले गाडी प्रयोगका लागि अनुमति लिए/नलिएकोबारे जानकारी नरहेको बताए ।

adv-single
सम्बन्धित समाचार

एजेलिया स्कुलमा लोकतान्त्रिक पद्धतिबाट विद्यार्थी नेतृत्व चयन हुँदै

विराटनगर । विराटनगरस्थित एजेलिया बोर्डिङ स्कुलमा लोकतान्त्रिक पद्धतिबाट विद्यार्थी नेतृत्व चयन गरिने भएको छ । बिहीबार चुनावी प्रक्रियामार्फत स्कुल क्याप्टेन र भाइस क्याप्टेन चयन गरिने स्कुलका कोअर्डिनेटर घनश्याम पोख्रेलले जानकारी दिए । एक जना स्कुल...

पक्राउ परे कान्तिपुरका अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...

वाईआरसीसीले जित्यो तेस्रो मिल्स कप क्रिकेटको उपाधि

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २ सय रनको फराकिलो अन्तरले पराजित...

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

  विराटनगर । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया...

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको...

सुनको मूल्य घट्यो

काठमाडौँ ।स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका...

गिरी फाउण्डेसनद्वारा विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । गिरी फाउण्डेसनले विराटनगरमा पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गिरी फाउण्डेसनको आयोजना तथा पारस अस्पतालको सहकार्यमा विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा फाउण्डेसनले पाँचौ स्वास्थ्य शिविर सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा १ सय...

विराटनगरमा दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी बालिकाको उद्धार

विराटनगर । विराटनगरमा विगत दुई हप्तादेखि बेवारिसे छाप्रोमा बसिरहेकी एक बालिकाको उद्धार गरिएको छ । विराटनगर–५, जामुनगाछीमा खेतमा बनाइएको छोडाइएका मकैका घोगा थुपारिएको छाप्रोमा बसिरहेकी सुनसरीको दुहवी नगरपालिकामा पर्ने भुटानीचोक घर बताउने १५ वर्षीया बालिका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...