राजनीति

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय, धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले...

जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । नेकपा (एमाले) बागमती प्रदेशले आज मध्यपुरथिमिको बोडेमा...

हुलाकी सडक निर्माणमा तीनबुँदे माग राख्दै कांग्रेस कटहरीले बुझायो सीडीओलाई ज्ञापनपत्र

विराटनगर । नेपाली कांग्रेस, कटहरी गाउँ कार्यसमितिले गाउँपालिकामा निर्माणाधीन हुलाकी सडक निर्माणमा विभिन्न तीन कार्य गर्नपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सडक संघर्ष समिति र जिल्ला प्रशासनबीच भएको पूर्वसहमतिअनुसार सडक निर्माणमा...

महरालाई निलम्बन गर्ने वा नगर्नेबारे निष्कर्षमा पुगेन माओवादी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल...

सामूहिक राजीनामाको चेतावनीसहित कांग्रेस पदाधिकारीले नै गरे कटहरीका अध्यक्षलाई कारबाहीको माग

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलाई उनी निर्वाचित दल नेपाली कांग्रेसले नै कारबाहीको माग गरेको छ । पार्टी संगठन तथा नेता-कार्यकर्तालाई बेवास्ता, काममा असहयोग, अन्य पार्टी र कर्मचारीसँग साठगाँठ, विकास निर्माण र ठेक्कामा...